Admission Open

ad place

चुनावी रणनीति बनाउन पूर्वराजा ज्ञानेन्द्र शाह भोलि झापा जादैं

काठमाडौं : पुर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित भोलि झापा जाने कार्यक्रम छ । बिहान ११ बजे पुर्वरानी कोमल र छोरी प्रेरणा सहित झापा जान लाग्नुभएको हो ।

राजावादीको आन्दोलन विफल भएपछि भदौ ५ गते पुर्वराजा शाह झापा पुग्नुभएको थियो । त्यसपछि भोलि जान लाग्नुभएको हो । राजसंस्था पुनःस्र्थापनाकालागि संयुक्त जनआन्दोलन समितिले चैत १५ बाट आयोगना गरेको आन्दोलन विफल भएपछि नयाँ योजना तय गर्न झापा जानुभएको थियो । निर्मल निवासस्रोतका अनुसार पुर्वराजा ज्ञानेन्द्र परिवार करिब ४ महिना झापा रहनुहुने कार्यक्रम रहेको छ । झापा बसाईको क्रममा उहाले पुर्वाञ्चालका केही जिल्ला, मध्य तराई लगायत स्थानका आफन्तहरु भेट गर्ने कार्यक्रम रहेको छ ।

मंसिर ७ गतेबाट दुर्गा प्रसाईको देशब्यापी आन्दोलनको संघारमा पुर्वराजा ज्ञानेन्द्र परिवार सहित झापा जान लाग्नुभएको हो । उहा झापास्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टी गार्डेनमा बस्ने कार्यक्रम छ ।विगत आन्दोलनको समिक्षा र अबको राजनीति लगायतका विषयमा अध्ययन गर्न पुर्वराजा ज्ञानेन्द्र र उहाँको परिवार झापा जान लाग्नुभएको हो । निर्मल निवासले पुर्वराजाको यो भ्रमणलाई गोप्य राखेको छ ।

दुई महिनापछि फेरी झापा भ्रमण शुरु गरेपछि पुर्वराजाले कस्तो योजना बनाउछन् भन्ने विषय उठेको छ । अहिले सबै कार्यक्रम गोप्य राखिएको छ ,झापा पुगेपछिमात्र थप जानकारी होला–स्रोतको भनाई छ । यसअघि हृदयन्द्रलाई राजगद्दीमा राख्ने सपना बोकेका पुर्वराजा ज्ञानेन्द्रले पछिल्लो समय जेनजी पुस्तासंग कुुराकानी गरिरहनुभएको छ । तिहारको टीकाको दिन बशिनी शोभा कुञ्जबाट बाहिरिएलगत्तै जेन्जी पुस्तासंग भेट गर्नुभएको थियो । सो भेटघाटले निर्मल निवास उत्साही बनेको छ ।

फागुन २१ गने हुने निर्वाचनमा राजावादीको समर्थन कस्लाई गर्ने भन्ने सम्मको निर्णय गर्न ज्ञानेन्द्र झापा जान लाग्नुभएको हो । यदी निर्वाचन भए झापाबाट आफुले समर्थन गर्ने पार्टी वा समुहलाई साहयोग गर्ने योजना छ ।अमेरिकामा अध्ययनरत नाति हृदयन्द्र शाह केहीदिन पोखरा, जुम्ला भ्रमण र केही सार्बजनिक कार्यक्रममा सहभागि भएको देखेर राजावादीले अब राजा ल्याउने भन्दै आन्दोलन गरेका थिए । सोही मोहमा लागेका पुर्वराजा ज्ञानेन्द्र देशको पछिल्लो अवस्था अध्ययन गर्न र चुनावी रणनीति बनाउन झापा जान लाग्नुभएको हो ।

टिप्पणिहरु
Loading...