Admission Open

ad place

विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज : आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ : आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अमेरिकाबीचको खेल दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे सुरु हुनेछ ।

उच्च लयमा रहेको नेपालले आजको खेलमा अमेरिकालाई कडा प्रतिस्पर्धा दिने सम्भावना छ । अर्कोतर्फ लिग–२ का बाँकी खेलहरूमा जित निकाल्नुपर्ने दबाब पनि नेपाली टोलीलाई छ ।

टी–२० विश्वकपमा छनोट प्रतियोगिताको उपाधि नै जितेको नेपाली टोली ओमानबाटै यो सिरिज खेल्नका लागि युएई प्रस्थान गरेको थियो ।

युएईमा नेपालले दुवै देशसँग २–२ खेल खेल्नेछ । नेपालले ३० अक्टोबरमा युएईसँग खेल्नेछ । त्यसपछि १ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा फेरि युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ ।

लिग–२ मा नेपालले १६ खेल खेल्दा १२ अंक मात्र जोड्न सकेको छ । आठ टोलीको यो प्रतियोगितामा स्कटल्यान्ड २४ खेलबाट ३० अंक जोड्दै शीर्ष स्थानमा छ ।

दोस्रो स्थानको अमेरिकाको २० खेलबाट २८ अंक छ भने नेदरल्यान्ड्स पनि २४ खेलबाट २८ अंक जोडेर तेस्रो स्थानमा छ । चौथो स्थानको ओमानको २० खेलबाट २४ अंक रहँदा पाँचौ स्थानको क्यानडाको २४ खेलबाट २१ अंक छ भने छैटौं स्थानको नामिबियाको समान खेलबाट १९ अंक छ । १२ अंक जोडेको नेपाल सातौं स्थानमा रहँदा युएई ६ अंकसहित आठौं स्थानमा छ ।

एकदिवसीय टोलीमा भीम सार्की, अनिलकुमार साह र साहब आलम टोलीमा परेका छन् । यसअघि टी–२० टोलीमा रहेका लोकेश बम, सन्दीप जोरा र आदिल अन्सारी बाहिरिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...