Admission Open

ad place

कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । कक्षा ११ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षा नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सूचना जारी गर्दै नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।

बोर्डका अनुसार पुराना आंशिकतर्फका ९ हजार ९३४ विद्यार्थीमध्ये ५ हजार ९१६ जना उत्तीर्ण भएका छन्। ग्रेडवृद्धितर्फ ४ हजार ९७६ जनाले परीक्षा दिएकामा ३ हजार ५४० जना उत्तीर्ण भएका छन्।

यसरी कुल १३ हजार ९१० विद्यार्थी परीक्षामा सहभागी भएकामा ९ हजार ४५६ जना उत्तीर्ण भएका छन्। २ जनाको परीक्षा भने रद्द गरिएको बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटमार्फत नतिजा हेर्न सकिनेछ।

कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षा नतिजा सार्वजनिक

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...