Admission Open

ad place

अर्थमन्त्रीद्वारा क्षतिग्रस्त हिल्टन होटलको निरीक्षण, आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता

काठमाडौं : गत भदौ २३ र २४ गते जेनजी आन्दोलका क्रममा भएको तोडफोड, चोरी र आगजनीका कारण हिल्टन होटलमा अर्बौँ मूल्यबराबरको क्षति भएको छ ।

सोही विषयमा अर्थमन्त्री रामेश्वर खनालले क्षतिग्रस्त बनेको हिल्टन होटलको स्थलगत निरीक्षण गरी होटल पुन: सञ्चालनमा ल्याउन सरकारले आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

उक्त घटनामा शंकर ग्रुप अन्तर्गतको हिल्टन होटल मात्र नभई, समग्र लगानी वातावरण, पर्यटन क्षेत्र, औद्योगिक पूर्वाधार र नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामाथि समेत गम्भीर असर पारेको छ । हिल्टन अन्तर्राष्ट्रिय चेन भएको कारण नेपाली पर्यटन क्षेत्रमै यसले दीर्घकालिन नकारात्मक असर पार्न सक्नेछ भन्ने कुरा राज्यले बुझ्नु पर्नेछ।

सन् २०२४ देखि निरन्तर सञ्चालनमा रहँदै आएको यस होटलले राज्यलाई कर, भन्सार, शुल्कलगायतका राजस्व नियमित रूपमा बुझाउँदै आएको थियो । तर पछिल्लो घटनापछि होटल सञ्चालन पूर्णरूपमा अवरुद्ध भएको र पुनर्निर्माणका लागि ठूलो मात्रामा संरचनागत तथा आर्थिक लगानी आवश्यक परेको छ ।

यस सन्दर्भमा, होटलले नेपाल सरकार र सम्बन्धित निकायसँग होटलको पुननिर्माणमा आवश्यक सहयोग गरी सञ्चालनमा ल्याउन मद्दत गर्नका लागि अपील गरेको छ । होटललाई लक्षित गर्दै फैलाइएका भ्रान्ति र अफवाहबारे सरकारले छानबिन गरी जिम्मेवारमाथि  कानुनी कारवाही गर्नु आवश्यक छ ।

कपोलकल्पित समाचार सम्प्रेषण गरी समाजलाई भ्रमित मात्र गरिएन, सो कार्यले देशलाई नै आर्थिक क्षति पुर्याउनुका साथै अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा नै नेपालको दुष्प्रचार गरेको छ, जुन निन्दनीय मात्र होइन, दण्डनीय पनि छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...