Admission Open

ad place

मुस्ताङमा बाजागाजासहित सुरक्षाकर्मीले भित्र्याए फूलपाती डोली

मुस्ताङ, १३ असोजः हिमाली जिल्ला मुस्ताङमा धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइएको छ ।

यहाँस्थित नेपाली सेनाको इन्द्र बक्स गण, सशस्त्र प्रहरी बल ३३ नं गुल्म र जिल्ला प्रहरी कार्यालयले आज जोमसोमस्थित गणेश मन्दिरबाट पुजाअर्चना र सलामीसहित आ–आफ्नो शक्तिपीठमा सैनिक बाजागाजासहित फूलपाती डोली भित्र्याएको हो ।

यसअघि जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणबाट नेपाली सेनाको टोली नवरात्रको पहिलो दिन घटस्थापनामा राखिएका फूलपातीलाई सैनिक बाजागाजासहित गणेश मन्दिरमा पु¥याइएको थियो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल ३३ नंं गुल्म र जिल्ला प्रहरी कार्यालयले पनि घटनास्थापनामा राखिएको फूलपातीलाई गणेश मन्दिरमा पु¥याएको थियो । यसरी यहाँ सुरक्षा निकायले गणेश मन्दिर पु¥याइएको फूलापातीलाई नेपाली सेनाका पुरोहित लक्ष्मण अर्यालले पूजाआजा गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...