Admission Open

ad place

सर्वोच्चमा जलेका सवारी साधनको विवरण सङ्कलन हुँदै

काठमाडौँ, ३१ भदौ : ‘जेनजी’ आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरमा ५२ सवारी साधन जलेका छन् भने थप विवरण आउने क्रम जारी छ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार हालसम्म एक सयभन्दा बढी मोटरसाइकल जलेको विवरण प्राप्त भएको छ। त्यस परिसरमा दुई सय १६ वटा मोटरसाइकल रहेको अनुमान गरिएको छ।

उहाँले भन्नुभयो, “सम्माननीयज्यूको सहित तीन वटा न्यायाधीश र चार वटा ठुला गाडीमा क्षति पुग्यो। सयभन्दा बढी मोटरसाइकलमा क्षति पुगेको रेकर्ड आइसकेको छ।”

उहाँका अनुसार अहिले सम्पूर्ण जिल्लामा क्षति भएको विवरण आउनेक्रम जारी छ।

उहाँले भन्नुभयो, “बाहिर जिल्लाको रेकर्ड आउँदैछ। सेनाका गाडी तथा अरु निकायले हामीलाई अहिले सहयोग गरिरहेको छ। उच्च फैसला कार्यान्वयन निर्देशनालयबाट पनि मिलाइरहेका छौं। केही गाडी मर्मत गर्न पनि हामीले पठाइरहेका छौं। दसैँ, तिहार अगाडिसम्म बन्छ।”

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...