Admission Open

ट्राफिक भवनको शिलन्यास

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको कार्यालय भवन शिलान्यास गरिएको छ । चितवनका प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय परिसरमा बन्न लागेको नयाँ भवनको शिलान्यास गर्नुभएको हो । कार्यालय भवन प्रहरी कार्यालयको पछाडिपट्टि छ कोठाको बन्ने छ ।

कार्यालय भवन यो आर्थिक वर्षमा डिपीसी मात्र तयार गरिने छ । डिपीसीका लागि रु ५१ लाख बजेट विनियोजन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख भगवानराज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार भवनको अन्य बाँकी निर्माणको काम अर्को आवमा गरिने छ । भवन निर्माणका लागि यकिन बजेट विनियोजन भएको छैन । उहाँका अनुसार कति रकममा भवन निर्माण हुने भन्ने अहिले बजेट विनियोजन भइसकेको छैन ।

आफ्नै भवन नहुँदा र लामो समय भाडामा कार्यालय सञ्चालन गर्नुपर्दा विभिन्न किसिमको समस्या हुने गरेको बताउँदै उक्त भवन निर्माणसँगै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने प्रमुख थापाले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...