Admission Open

ad place

सत्ताको गीत

यम बास्तोला

कविता

उस्तै बीउ, उस्तै फल
उस्तै हाँगा, उस्तै पात
जरा र डाँठ पनि उस्तै-

खाने मल पनि उस्तै
जाने मल पनि उस्तै
उही धरातल उही आकाश-

फरक मात्रै गन्ध र सुगन्धको

हेर्दा उस्तै-उस्तै
बेहोर्दा आकाश र पाताल
एउटा छुनै नमिल्ने
अर्को छोड्नै नमिल्ने
आफु भए राम
अरु हुँदा हराम
सत्ताको गीत ।

खोटाङ (हाल, काठमाडौँ)

([email protected])

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...