Admission Open

यूनियन लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै

काठमाडौं / यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनका गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले ६४ करोडको आइपीओ निष्कासन गर्ने भएको हो ।
उक्त आईपीओको लागि कम्पनीले ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार उक्त रेटिङले कम्पनीको प्राथमिक शेयरमा गरिएको लगानी मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि रेटिङ गराएको हो । रेटिङ एजेन्सीको रिपोर्ट प्राप्त भए सँगै अव कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । प्राथमिक शेयर निष्काशन पछि संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...