Admission Open

ad place

संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

काठमाडौं, साउन लुम्बिनी लायन्सले आज आफ्नो नयाँ लोगो सार्वजनिक गरेको यो लोगो केवल एक ग्राफिक चिन्ह मात्र होइन, यसले टिमको इतिहास, भावना राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्दछ

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर बाहादुर जिसीले भन्नुभयो, “यो लोगोले क्रिकेट मैदानमा हाम्रो टिमको शक्ति मात्र होइन, लुम्बिनीको गौरवको पनि पहिचान दिलाउँछ बुद्धको भूमि लुम्बिनीबाट जन्मिएको यो टिम मैदानमा गर्जन्छ नेपाललाई विश्वसामु चिनाउँछ ।”

उहाँले थप भन्नुभयो, “लुम्बिनी लायन्सले खेल, संस्कृति राष्ट्रिय गर्वलाई एउटै प्रतीकमा समेटेको ।”

 नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा ई.पु. २४९ मा स्थपना गरिएको ऐतिहासिक अशोक स्तम्भ, नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्र सूर्यको प्रतीकजस्ता नेपाली पहिचान झल्काउने तत्वहरू समावेश गरिएको

सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको कहिल्यै ननिभ्ने शान्तिदीपलाई प्रतिनिधित्व गर्दछ

 वि.सं. २०८१ मा स्थापना भएको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा फ्रेन्चाईज टिम उर्जा उत्साहका साथ प्रस्तुत हुन तयार नयाँ लोगोको माध्यमबाट नेपाली पहिचान बुद्धको शान्ति सन्देश बोकेर नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको

टिप्पणिहरु
Loading...