Admission Open

ad place

बजाजको माइलेज च्याम्पियन सम्पन्न : चन्डेश्वर विजयी

महोत्तरी : रामजानकी अटो बर्दिबासले बिर्ता फुटबल मैदान, गौशालामा “माइलिज च्याम्पियन” भव्य रूपमा सम्पन्न गरेको छ । मोटरसाइकलको माइलेज प्रतिस्पर्धामा कुल ६५ सहभागीहरूले आ–आफ्नो दक्षता प्रस्तुत गरेका थिए ।

यस प्रतिस्पर्धामा चन्डेश्वर सिंहले ८९ किलोमिटरको उत्कृष्ट माइलेज हासिल गरी “विजेता” बन्न सफल भए । त्यस्तै, शत्रुधन महतो ८३ किलोमिटर माइलजेसहित “पहिलो उपविजेता” बने भने ८० किलोमिटर माइलेजसहित “दोस्रो उपविजेता”को उपाधि गोपाल महतोले प्राप्त गरे ।

कार्यक्रमले मोटरसाइकल प्रयोगकर्ताहरूमा इन्धनको उचित उपयोग र माइलेज वृद्धि गर्ने प्रविधि र सीपप्रति रुचि बढाएको आयोजकहरूले जनाएका छन् । उक्त कार्यक्रममा सहभागीहरूलाई स—धन्यवाद प्रमाणपत्र/सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

माइलिज च्याम्पियन सफल रुपमा सम्पन्न भएको जानकारी गराउँदै प्लाटिना मोटरसाइकलको किफायति बारेमा आम जनमानसमा जानकारी हुने कम्पनीको बिश्वास रहेको छ । रामजानकी अटो बर्दिबासले आगामी दिनमा पनि यस्ता प्रेरणादायक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...