राष्ट्रिय गौरवका आयोजना जस्तै निजगढ विमानस्थल, बूढीगण्डकी जलविद्युत् आयोजना, सिक्टा सिँचाइजस्ता महत्वपूर्ण आयोजना विगतका बजेटहरूमा प्राथमिकतामा परे पनि हालसम्म पूरा हुन सकेका छैनन् । कुल २६ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये मात्र दुईवटा सम्पन्न भएका छन् । बाँकी आयोजना या त राजनीतिक इच्छाशक्ति, प्राविधिक तयारी वा बजेटको अभावका कारण ढिलो भइरहेको छ ।



