Admission Open

ad place

मेक्सिकोमा सडक दुर्घटना हुँदा २१ जनाको मृत्यु

काठमाडौं : मध्य मेक्सिकोमा सडक दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीले बताएअनुसार पुएब्ला राज्यमा कुआनोपालान र अुहाकुबिच रहेको राजमार्गमा बुधवार बिहान तीन वटा सवारी साधन एक आपसमा ठोक्किएका थिए ।

१८ जनाले घटनास्थलमै ज्यान गुमाएको र बाँकीको अस्पतालमा मृत्यु भएको भनिएको छ । दुर्घटनामा अन्य कयौँ घाइते भएको र उनीहरूको उपचार भइरहेको बताइएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार ट्याङ्कर, बस र भ्यान जुधेका थिए । सिमेन्ट बोकेको ट्रकले भ्यानलाई ओभरटेक गर्न खोज्दा यो दुर्घटना भएको बताइएको छ । (रासस-एजेन्सी)

 

टिप्पणिहरु
Loading...