Admission Open

ad place

मुटुरोग परीक्षण शिविरबाट सात सय ८० जना लाभान्वित

दमौली (तनहुँ), १९ वैशाखः शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिहीबार आयोजित निःशुल्क मुटुरोग परीक्षण तथा उपचार शिविरबाट ७८० जना लाभान्वित भएका छन् ।

केन्द्रको आयोजना तथा सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा निःशुल्क इसिजी सेवा, भिडियो एक्सरे सेवा, मधुमेह परीक्षण गरिएको थियो ।

हृदयरोग केन्द्रका ११ जनाको स्वास्थ्यकर्मी टोलीलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका चिकित्सकले सघाएका थिए । जटिल समस्या भएका बिरामीलाई थप उपचारका निम्ति हृदय केन्द्रमा जान सुझाव दिइएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...