Admission Open

नेपालमा थपिए ९ हजार ३ सय ५ कोरोना संक्रमित, १६८ को मृत्यु

काठमाडौं, २९ वैशाख :  पछिल्लो २४ घण्टामा नौ हजार ३०५ जना नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड –१९) का सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी एक लाख एक हजार ६३४ पुगेका छन् । पहिलो पटक संक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको हो । मन्त्रालयका अनुसार २० हजार ३६२ जनाको पिसिआर र ४२४ जनाको एण्टिजेन परीक्षणमा नौ हजार ३०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये पिसिआरबाट नौ हजार २३८ र एन्टिजेन विधिको परीक्षणका क्रममा ६७ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

सबैभन्दा बढी काठमाडौँमा तीन हजार २५० जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा २४ घण्टामा कूल तीन हजार ९२४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसैगरी बढी सङ्क्रमण पुष्टि भएका जिल्लामध्ये रूपन्देहीमा ७७१, कैलालीमा ३३९, मोरङमा ३३६, झापामा ३००, बाँकेमा २८७, दाङमा २७७, कास्कीमा २३५ जना कोरोना सङ्क्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...