Admission Open

ad place

घट्यो सुनचाँदीको भाउ

काठमाडौँ, १३ कार्तिक : आज सोमबार सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन पनि प्रतितोला ५ सय रुपैयाँ घटेर १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि सोमबार घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...