Admission Open

ad place

हेमन्तको ‘सारंगी सँग’ मा गायिका कृष्णा परियार (भिडियो सहित)

काठमाडौँ, १९ वैशाख : सारंगीवाधक तथा गायक हेमन्त कान्छा रसाइलीले ‘सारंगी सँग’ कार्यक्रमको पहिलो अंक सार्वजनिक गरेका छन् ।
सारंगीको संरक्षण, संवद्र्धन तथा मौलिकतालाई खोज्ने प्रयास स्वरुप ‘सारंगी सँग’ कार्यक्रम सुरु गरिएको हो । हेमन्तले भने । हेमन्तले पहिलो अंकमा गायिका कृष्णा परियारलाई ल्याएका छन् । सपना रसाइली र अभिषेक रसाइली प्रोड्युसर रहेको ‘सारंगी संग’ कार्यक्रमलाई गायक हेमन्त आफैले निर्देशन सञ्चालन गर्नेछन् ।
यस्तै, भरत बुढाथोकी र अनिल मगर मादलमा छन भने, बाँसुरीमा सञ्जिव मैनाली रहेका छन् । मिराज अर्याल र दिपक बिटिएलको छायांकनमा तयार भएको कार्यक्रमको सम्पादन मिराज अर्याल (रीमा फिल्मस्) ले नै गरेका हुन्, भने अडियोमा बिक्रम काउछा र कमल काउछा रहेका छन् । यस्तै, सारंगी सँग’ न्यारेसन शर्मिला अर्यालको रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् :

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...