Admission Open

आँधीखोलामा गाउँपालिकास्तरीय अस्पताल सञ्चालनमा

स्याङजा : आँधीखोला गाउँपालिका स्याङजामा गाउँपालिकास्तरीय अस्पताल सञ्चालनमा आएको छ । आँधीखोला आधारभूत अस्पतालको आइतबार एक कार्यक्रमबीच उद्घाटन गरिएको गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले जानकारी दिए ।

सेतिदोभानमा १० शैय्याको अस्पताल स्थापना भएपछि गाउँपालिकाबासीहरु आधारभूत स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ । अस्पतालमा डा.अशोक बराल नेतृत्वको टिमबाट सेवा प्रारम्भ भएको हो ।

पायक पर्ने सबैले आफ्नो स्वास्थ्य परीक्षण एवं सेवा आँधिखोला आधारभूत अस्पतालबाट लिनका लागि अध्यक्ष पौडेलले आग्रह गरेका छन् ।

‘आगामी दिनमा स्वास्थ्य सेवा थप गर्दै र अझै प्रभावकारी रूपमा अस्पताल सञ्चालन गर्दै लगिनेछ,’ उनले प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...