Admission Open

ad place

गलत सूचना प्रवाह भएको प्रति टेलिकमकोे ध्यानाकर्षण

काठमाडौं : केही दिन यता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न Vacancy खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको नेपाल टेलिकमले जनाएको छ ।

कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गर्न पनि टेलिकमले आग्रह गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...