काठमाडौं : यार्सा टिप्न गएका जुम्लाका तीनजनाको मुगु हिमपहिरोमा परेर ज्यान गएको छ । च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा जुम्लाको पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोरा रहेका छन् ।
यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार दुई जना सकुशल रहेको छन् । प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।


