Admission Open

ad place

प्रहरी महानिरीक्षकमा वसन्त कुँवर नियुक्त

काठमाडौं : प्रहरी महानिरीक्षक (आइजिपी)मा वसन्त बहादुर कुँवर नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ ।

यही चैत ६ गतेको निर्णयले उनी एआइजीमा बढुवा भएका थिए । सरकारले उनलाई एआइजीको फूली लगाएको दुई दिनमै आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी महानिरीक्षकका लागि कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए । कुँवर अङ्क तालिकामा १ नम्बरमा थिए । यसपटक भने महानिरीक्षकको नियुक्ति निर्विवाद रूपमा भएको छ ।

टिप्पणिहरु
Loading...