Admission Open

बढ्यो डिडिसीले दूधको मूल्य, अब उपभोक्तालाई ९० देखि १३० रुपैयाँसम्म पर्ने

काठमाडौँ, २ चैत्र : दुग्ध विकास संस्थान (डिडिसी) ले चैत्र २ गतेदेखि लागू हुने गरी दूधको मूल्य बढाएको छ । संस्थानले सबै ४ प्रकारको दूधको मूल्यमा ११ रुपैयाँदेखि १६ रुपैयाँसम्म मूल्य बढाएको हो ।

निजी डेरी सङ्गठनले यसअघि नै दूधको मूल्य बढाई सकेका छन् । मन्त्रिपरिषद् निर्णय अनुसार वृद्धि भएको मूल्यमा संस्थानले किसानबाट दूध खरिद गरिसकेको छ ।

अब स्टान्डर्ड दूध (निलो प्याकेट) को मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ । यसअघि सो दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो । त्यस्तै, गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा बिक्री गर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा अब उपभोक्ताले खरिद गर्नुपर्नेछ ।

क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ । जसअनुसार अबदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ । सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रुपैयाँ बढाएको थियो, जसअनुसार किसानले प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पाउन थालेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...