
काठमाडौं, २७ फागुन : आगामी चैत ३ गते सम्पन्न हुने उपराष्ट्रपतिका निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ । दर्तापछि उम्मेदवारीको कार्यसूची पनि आजै प्रकाशित गरिनेछ ।
उम्मेद्वारीको दावी बिरोध र उजुरी गर्ने समय पनि आजैलाई राखिएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने आइतबार हुनेछ।


