पोखरा : नेपालको अग्रणी पेय पदार्थ कम्पनी कोकाकोला नेपालले पोखरामा मोमोरी फेस्ट आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम पोखराको बाराही टेम्पल ग्राउन्डमा आयोजना हुँदै छ ।
यही फागुन १३ गते शनिबारको दिन आयोजना हुन गईरहेको यस कोक मोमोरी फेस्टमा विभिन्न रमाइला कार्यक्रमहरु राखिएको आयोजकले जनाएको छ । कोकाकोलाले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको कोकाकोला मोमो उत्सवको यस वर्षको संस्करणको रुपमा मोमोरी फेस्ट आयोजना हुन गईरहेको हो । कार्यक्रमको मुख्य आकर्षणको रुपमा १२ भन्दा धेरै स्वादका मोमोका स्टलहरु रहने छन् भने अन्य रमाइला खेलकुदका स्टलहरु पनि राखिनेछन् ।
कार्यक्रममा लाइभ म्युजिक तथा डिजे सेसनहरु पनि राखिएका छन् । फेस्टमा ब्लु फायर सांगितिक समुह तथा सिडि विजय अधिकारिको प्रस्तुति रहनेछ । यस कार्यक्रमको टिकटको मुल्य रु.१०० रहेको छ जसमा २ वटा २५० एमएलको कोकाकोलाको पेट बोतल प्रदान गरिनेछ ।