Admission Open

काठमाडौं महानगरले ६ महिनामा ४ अर्ब ५६ करोडभन्दा बढी राजस्व संकलन

काठमाडौं : काठमाडौं महानगरपालिकाले ६ महिनामा ४ अर्ब ५६ करोड ६ लाखभन्दा बढी राजस्व संकलन गरेको हो । महानगरले आर्थिक वर्ष  २०७९/८० को ६ महिनामा ४ अर्ब ५६ करोड ६ लाख २९ हजार ७१२ रुपैयाँ २४ पैसा राजस्व संकलन गरेको हो ।

महानगरले चालु आवमा १० अर्ब ४ करोड १९ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखको छ । सोही लक्ष्यको ६ महिनामा संकलन भएको राजस्व ४३. ८२ प्रतिशत हुन आउछ ।

महानगरले बजेटमार्फत सम्पत्ति करमा यस बर्ष १ अर्व रुपैयाँ प्रस्ताव गरिएको थियो । जसको ६५.२ प्रतिशत अर्थात् ६५ करोड २० लाख १० हजार ८ सय रुपैयाँ संकलन भएको राजस्व विभागले जनाएको छ । २ अर्व ५० करोड रुपैयाँ प्रस्ताव गरिएको घर जग्गा रजिष्ट्रेसन दस्तुरको १५.५१ प्रतिशत अर्थात ३८ करोड ७८ लाख ७० हजार ८ सय रुपैयाँ राजस्व संकलन भएको छ । २ अर्व प्रस्ताव गरिएको वहाल करतर्फ १ अर्व १८ करोड १५ लाख ५१ हजार ४ सय रुपैयाँ संकलन भएको छ । यो रकम संकलन महानगरको लक्ष्यको ५९.०८ प्रतिशत हो ।

नक्सापास दस्तुरमा ७५ करोड प्रस्ताव गरिएकोमा ४१ करोड ५७ लाख ८६ हजार ७४४ रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ५५.३ प्रतिशत प्रगति हो । ५५ करोड प्रस्ताव गरिएको व्यवसाय रजिष्ट्रेसन दस्तुरमा ३१ करोड ४२ लाख ९ हजार रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ५७.१३ प्रतिशत हो । परीक्षा शुल्कमा आय प्रस्ताव गरिएको थिएन । यस शीर्षकबाट २४ हजार ३ सय रुपैयाँ आय संकलन भएको छ ।

३६ करोड ५२ लाख ५४ हजार रुपैयाँ प्रस्ताव गरिएको बाँडफाँडतर्फ मूल्य अभिवृद्धि करबाट ८ करोड ९२ लाख ७३ हजार ७ सय (२४.४४ प्रतिशत) प्राप्त भएको छ । बाँडफाँडमै सवारी साधन करतर्फ ४६ करोड ३४ लाख ९९ हजार रुपैयाँ प्रस्ताव गरिएकोमा १२ करोड ९ लाख ८७ हजार ८ सय रुपैयाँ (२६.१ प्रतिशत), मनोरञ्जन करतर्फ ५० लाख रुपैयाँ प्रस्ताव गरिएकोमा ९० लाख ८२ हजार रुपैयाँ (१८१.६५ प्रतिशत) र बिज्ञापन करतर्फ ८० करोड रुपैयाँ प्रस्ताव गरिएकोमा १ करोड २३ लाख ६१ हजार ९७३ रुपैयाँ (१५.४५ प्रतिशत) आय रकम संकलन गरेको छ ।

साना सवारी करतर्फ ५ लाख रुपैयाँ प्रस्ताव गरिएकोमा यस शीर्षकमा आय हुन सकेको छैन । वित्तिय निकायबाट प्राप्त हुने व्याजबाट १ लाख रुपैयाँ र अन्य निकायबाट प्राप्त लाभांसमा ५ लाख रुपैयाँ आय प्रस्ताव गरिएको थियो । यी दुवै शीर्षकमा आय प्राप्त भएको छैन । २ करोड ४१ लाख रुपैयाँ प्रस्ताव गरिएको पूँजीगत सशर्त अनुदान शीर्षकमा पनि आय भएको छैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...