Admission Open

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं, १८ माघ : मंगलबार घटेको अमेरिकी डलर बुधबार भने बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ७८ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ३८ पैसा तोकिएको छ ।मंगलबार अमेरिकी डलरको खरिदमूल्यमा १३० रुपैयाँ १० पैसा र बिक्री मूल्यमा १३० रुपैयाँ ७० पैसामा कारोबार भएको थियो ।

त्यस्तै, आज १ युरोको खरिद दर १४१ रूपैयाँ ५४ पैसा र बिक्री दर १४२ रूपैयाँ १९ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९१ रूपैयाँ ४१ पैसा र बिक्री दर ९१ रूपैयाँ ८३ पैसा राष्ट्र बैंकले कायम गरेको छ । बुधबार युरो र अष्ट्रेलियन डलरको मूल्यमा केही पैसाले घटेको छ ।

यस्तै, बुधबार जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ ०३ पैसाँ र बिक्री मूल्य १० रुपैयाँ ०८ पैसा, साउदी अरेवियन रियालको खरिद दर ३४ रूपैयाँ ८४ पैसा र बिक्री दर ३५ रूपैयाँ , कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ६७ पैसा र बिक्री दर ३५ रूपैयाँ ८३ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ ६६ पैसा र बिक्री दर ३० रूपैयाँ ८०पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यस्तै कुवेती दिनार एकको खरिदमूल्य ४२८ रुपैयाँ १३ पैसा र बिक्री मूल्य ४३० रुपैयाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३४६ रुपैया ८९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ४८ पैसा राष्ट्र बैंकले तोकेको छ । समग्रमा आज धरैजसको देशको मुद्राको मूल्यमा केही पैसा कमी आएको छ भने अमेरिकी डलर सहित केही देशको मुुद्राको मूल्य केही पैसा बढको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...