Admission Open

प्रहरीको अनुरोध : बोतल र जर्किनमा भरेर पेट्रोलियम पदार्थ बिक्री नगर्नु, बेचे कारबाही हुन्छ

काठमाडौँ, ११ माघ : जिल्ला प्रहरी परिसर काठमाडौंले बोतल र जर्किन लगायतका पेट्रोलियम पदार्थ भरेर बिक्री वितरण नर्गन पम्प संचालकहरुलाई अनुरोध गरको छ । काठमाडौंका केही पेट्रोल पम्पहरुबाट खुलारुपमा बोतल जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइपछि प्रहरीले ध्यानाकर्षण गराएको हाे ।

जिल्ला प्रहरी परिसर काठमाडौंंले एक सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोललगायत नराख्न भनेको छ ।

सूचनामा भनिएको छ, ”काठमाडौं जिल्लाका केही पेट्रोल पम्पहरुबाट खुलारूपमा बोतल, जर्किन लगायतका भाँडोमा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थको बिक्री बितरण भएको आएको र त्यसप्रति जिल्ला प्रहरी परिसर काठमाडौंको गम्भीर ध्यानाकर्षण भएको छ । अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारुमा विक्री गर्दा असुरक्षित ओसारपसार गर्दा र घर पसलमा भण्डार गर्दा आगलागी हुने र मानवीय एर्व भौतिक क्षति समेत हुने सुरक्षा संवेदनशील विषय भएकोले पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्लारुपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न नगराउन हुन यो सूचाना प्रकाशित गरिएको छ ।”

त्यस्तै, प्रहरीले सुरक्षा संवेदनशीलताको सूचना बिपरित पेट्रोलियम पदार्थको विक्री वितरण गरिएको पाइएमा  कानुन बमोजिम कानुनी कारवाही गरिने समेत चेतावनी दिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...