Admission Open

ad place

यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ, २ माघ : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज माघ २ गते शोक बिदा दिएको हो ।

बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गर्ने निर्णय पनि गरेको छ ।  विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले मनाउन लागेको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस पनि स्थगित गरिएको मन्त्रालयले जनाएको छ ।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९(एन(एनएसी ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो । विमानमा चालक दलसहित ७२ जना थिए । घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग पनि गठन गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...