Admission Open

संकटा क्लब काठमाडौंको पोल्टामा २२औं आहा रारा गोल्ड कपको उपाधि

काठमाडौं, २३ पौष २२औँ आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लब काठमाडौंले जितेको छ । संकटाले युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिकालाई ३-२ गोलले पाखा लगाउदै उपाधि जितेको हो । संकटाले यो उपाधि दोश्रो पटक जितेको हो । संकटाले १९ औँ संस्करणमा पनि विदेशी टोली अफ्रिकन रुट्स टाइब्रेकरमा ४-२ गोलले हराउँदै पहिलो पटक आहा राराको उपाधि जितेको थियो । पोखरेली मैदानमा दोश्रो पटक उपाधि जित्न पनि विदेशी टोलिलाई पन्छायो ।

संकटाले खेलको आठौं मिनेटमा गोलको खाता खोल्यो ।निशान खड्काले गरेको पासलाई विपक्षी गोल रक्षक पुजन थापा मगरले बचाउ गर्दै रिबाउण्ड भएको बललाई गोलमा परिणत गरे । संकटाले दोश्रो गोल खेलको ३५ औँ मिनेटमा गर्दै अग्रता दोब्बर बनायो । टिमका लागि दोश्रो गोल विदेशी खेलाडी मेसुकेले गरे ।

दुई गोललेपछि परेको भुटानीज क्लवले उत्कृष्ट पुनरागमन गर्दै ३७ औँ मिनेटमा गोल गर्दै अन्तर घटाउदै २-१ को अवस्थामा ल्यायो । भुटनीजका लागि पहिलो गोल रेने सोन्टिलोनले गरे । खेलमा लय समाउदै भुटनीजले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै पहिलो हाफ टुंग्यायो । दोश्रो  हाफ दुबै टिमले गोलका लागि प्रयास गरेपनि सफल हुन नसक्दा निर्धारित ९० मिटेटको खेल २-२ मा टुंगियो । खेलको जित-हारको नतिजाका लागि खेल अतिरिक्त समयमा धकेलियो ।

अतिरिक्त समय ३० मिनेट थपियो । थप गरिएको १५ औँ मिनेटमा संकटाका कप्तान सुनिल बलले टिमका लागि तेस्रो गोल गर्दै दोश्रो पटक आहा रारा गोल्ड कपको उपाधि जित्यो । संकटाले उपाधिसहित १२ लाख जित्दा उपविजेता भुटनीजले ६ लाखमा चित्त बुझायो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...