Admission Open

ad place

काठमाडौँको टुँडिखेलमा तमु ल्होसार पर्व धुमधामले मनाईयो

काठमाडौँ, १५ पौष : गुरुङ समुदायले नयाँवर्षको रुपमा मनाउने तमु ल्होसार पर्व काठमाडौं उपत्यकालगायतका विभिन्न ठाउँमा धुमधामका आज मनाइँदैछ । आज काठमाडौँ उपत्यकामा बसोबास गर्ने लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका तमु समुलायले टुँडिखेलमा भेला भएर तमु ल्होसार पर्व धुमधामका साथ मनाए ।

गुरुङ समुदायले नयाँवर्षको रुपमा मनाउने ल्होसार पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । उक्त पर्वको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्षनेताले शुभकामना दिएका छन् ।
गुरुङ समुदायहरु आफ्नो संस्कृति झल्काउने पोशाकसहित र्‍याली गरेर सांस्कृतिक कार्यक्रममा सहभागी हुन टुँडिखेल पुगे ।
उक्त पर्वको अवशरमा नृत्य प्रतियोगिता, लोकगीत प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिता आयोजना गर्नुका साथै विभिन्न व्यक्तित्वहरलाई सम्मान र पुरस्कार पनि प्रदान गरिएको थियो ।

त्यस्तै उक्त अवशरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भई मन्तव्यसमेत दिएका थिए । मन्तव्यका क्रममा प्रधानमन्त्री दाहाले तमु ल्होसार पर्व मनाउन विगतमा भन्दा धेरै आर्थिक सहयोग गर्ने पनि बताए । त्यस्तै उनले अगाडि भने पहिले म प्रधानमन्त्री भएको समयमा मैले दिन्छु भनेर बचन दिएको तर त्यसपछि आपूm सरकारबाट बाहिरिएपछि अर्को सरकारले नदिएको पनि सुनाए ।

टिप्पणिहरु
Loading...