Admission Open

ad place

तरलता व्यवस्थापनका लागि ५० अर्बको रिपो बोलकबोल हुँदै

काठमाडौं : बैंक तथा वित्तीय संस्थामा तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले रु ५० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ ।
पुस मसान्तमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा ठूलो मात्रामा बैंकिङ प्रणालीबाट राजस्वका रुपमा पैसा जाने भएकाले तरलता व्यवस्थापनका लागि रिपो जारी गर्न लागिएको हो ।

केन्द्रीय बैंकले आज रिपोको बोलकबोल गर्नेछ । कूल ४५ दिने अवधिका लागि रिपो जारी गर्न लागिएको हो । रिपोको बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोल प्रक्रियामा सहभागिता जनाउन सक्नेछन् । उक्त रिपो आगामी माघ २९ गते परिपक्व हुनेछ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा छोटो अवधिको लागि तरलता प्रवाह (Liquidity Injection) गर्न प्रयोग हुने उपकरणलाइ रिपो भनिन्छ।

यसअन्तर्गत तरलता आवश्यक परेको बैंक तथा वित्तिय संस्थाहरुबाट ट्रेजरी बिल वा विकास ऋणपत्र धितोको रुपमा लिई निश्चित व्याज लिने शर्तमा नेपाल राष्ट्र बैंकले उक्त संस्थाहरु लाइ अल्पकालीन सापटी प्रदान गर्दछ जसले गर्दा बैंकिङ प्रणालीमा तरलता प्रवाह हुन जान्छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...