Admission Open

ad place

सुदूरपश्चिमका केही जिल्लामा भुवा पर्व सुरु

काठमाडौँ : बाजुरा लगायत सुदूरपश्चिमका केही जिल्लामा भुवा पर्व सुरु भएको छ। दसैँ तिहारपछिको दोस्रो  ठुलो पर्वका रुपमा मनाइने भुवा पर्व आजबाट सुरु भएको हो । ऐतिहासिक किम्बदन्ती बोकेको भुवा पर्वको सांस्कृतिक महत्त्व पनि रहेको छ। महाभारतको युद्धमा पाण्डव र कौरव बिचको  गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् ।

पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइने गरिन्छ । भुवा पर्व पुषेऔंसीका दिनबाट सुरु भई तीन देखि पाँच दिन सम्म मनाइने गरिन्छ।बाजुरामा भने जिल्लावासीले दसैँ तिहार पछिको दोस्रो ठूलो पर्वका रुपमा भुवा पर्वलाई  विशेष महत्त्वका साथ मनाइन्छ।आफन्तसँगको भेटघाट, आपसी सद्भाव,रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधिभर रमाइलो गर्ने गरिन्छ ।

सुदूरपश्चिमका अछाम ,बझाङ लगायत बाजुरा जिल्लाको बुढिगंगा ,बडिमालिका,बुढिनन्दा,त्रिवेणि नगरपालिका,खप्तड छेडेदह र गौमुल गाउँपालिकाका  गाउँहरूमा स्थानीयले यो पर्व विशेष रुपमा मनाउने गर्दछन्।भुवा पर्वमा हरिनु हाल्ने र त्यसको गाथा गाउने तथा ढाल र तरबार सहित भुवा चाली खेल्ने,लाखे नाच नाच्ने र बेलुका देउडा खेलेर रमाइलो गर्ने प्रचलन छ।

सदरमुकाम मार्तडीमा बिहानै सबै टोल-टोल बाट आगाका राँकाहरू बालेर स्थानीय एकै ठाउँमा जम्मा भई भुवा चाली खेल्ने प्रचलन अनुसार बिहान बाटै चाली खेल्न शुरु गरिएको छ भने  जिल्लाका अरू क्षेत्रमा पनि राँके नाच र भस्व खेलिएको छ।सत्यको जित सँग यो पर्वलाई जोडिएकोले सत्यका पक्षपातीहरूले भुवा पर्व मनाउने गरिएको  भुवा पर्वका  जानकारहरुले बताउने गरेका छन्। भुवा पर्वको सन्दर्भमा आज बाजुरामा सार्वजनिक बिदा दिइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताउनु भयो। (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...