Admission Open

ad place

नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण आज : सँस्कृत, हिन्दी र मातृभाषाहरुमा हुने

काठमाडौं, ७ पुस : आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ ग्रहण गराउने भएका हुन्।

जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा शपथ ग्रहण गराएकी थिइन्। शपथपछि आजै सांसदहरुलाई लोगो प्रदान गर्ने र उनीहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिने संघीय संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए।

उनका अनुसार २६ जना सांसदले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका छन् । नेपाली बाहेक उनीहरुले हिन्दीदेखि संस्कृतसम्मका भाषामा शपथ लिन बताएका छन् । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन संसद सचिवालयले सबै सांसदहरुलाई आग्रह गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...