
काठमाडौं, ४ मंसिर प्रतिनिधि सभा सखस्य तथा प्रदेश सभा सदस्यका लागि आज भईरहेको निर्वाचनको पूर्वस्वीकृति नलिई मतदान स्थगन नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सुचारु गर्न समेत निर्देशन दिएको छ ।
त्यस्तै साँझ ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको आयोगले जनाएको छ । स्थगित गर्नैपर्ने भए आयोगको पूर्वस्वीकृति लिनुपर्ने आयोगले पत्रकार सम्मेलन गरी स्पष्ट पारेको छ ।


