
काठमाडौं, ४ मंसिर : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आज बिहान ७ बजेबाट देशैभर मतदान सुरु भएको छ । आगामी पाँच वर्षका लागि प्रतिनिधि छान्न देशभरका १७९८८५७० मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन ।
मतदान आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी रहनेछ ।
निर्वाचनमा सहभागी प्रत्येक्षतर्फ २ हजार ४ सय १२ जना उम्मेदवार रहेका छन । जसमध्ये १ हजार ५ सय ४५ जना दलका उम्मेदवार छन भने बाँकी ८ सय ६७ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । जसमध्ये पनि २ सय २५ जना महिला र २१८७ जना पुरुष उम्मेदवार रहेका छन् ।
त्यसैगरी समानुपातिकतर्फ १ सय १० सिटका लागि २ हजार १ सय ९९ जना प्रतिस्पर्धामा छन् । समानुपातिक तर्फ महिला १ हजार १ सय ८७ जना छन भने १ हजार १२ जना पुरुष रहेका छन् ।
यस्तै, प्रदेश सभाका लागि प्रत्यक्षमा ३ हजार २ सय २४ जना र समानुपातिकतर्फ ३ हजार ७ सय ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यसपटक देशभर ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ जना महिला र १८५ जना अन्य गरी एक करोड ७९ लाख ८८ हजार ५७० हजार मतदाता रहेका छन् ।


