Admission Open

ad place

आज बढ्यो सुनको मूल्य : कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, २० कात्तिक : नेपाली बजारमा लगातार घटेको सुनचाँदीको मूल्य आज उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ ।

तोलामा १ हजार ४ सय  रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो

त्यस्तै, आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार चाँदी तोलामा ५० रुपैयाँले बढेको छ । तोलामा ५० रुपैयाँले बढेसँगै आइतबार चाँदी तोलाको १२ सय ७५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको हो । शुक्रबार चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...