Admission Open

विपन्न र सिमान्तकृत बालबालिकालाई निःशुल्क शिक्षा आवश्यक : श्रमिक जि.सी.

पोखरा : स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.ले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएकी छन् । कास्की क्षेत्र नं. २ ‘ख’को प्रदेश सभाको सभासदका लागि ‘लालटीन’ चिह्न लिएर चुनावमा होमिएकी स्वतन्त्र उम्मेदवार जि.सी.ले स्वास्थ्य तथा शिक्षा जस्ता महत्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखेकी छन् ।

गास, बास, कपास अनि शिक्षा तथा स्वास्थ्य  पाउनु बालबालिकाहरुको नैसर्गिक अधिकार हो तर, अझै धेरै बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर रहन बाध्य छन् । कुनै पनि बालबालिका आफ्नो पढ्न पाउने आधिकारबाट बन्चित हुनुहुँदैन भन्ने मान्नेता जि.सी.को छ । त्यसकारण पनि  जि.सी.ले शिक्षा क्षेत्रलाई मूख्य प्राथमिकतामा राखेकी छन् ।

उनले आधुनिक प्राविधिक विद्यालय तथा क्याम्पसहरुको स्थापना गरी स्वरोजगारलाई प्राथमिकता दिइने बताएकी छन् । साथै विपन्न तथा सिमान्तकृत वर्गका नागरिकहरुका छोराछोरीहरुलाई सबै तहको शिक्षा निःशुल्क गराइनुपर्ने बताएकी छन् ।

पुराना पार्टी र नेताहरुलाई बारम्बार मौका दिए पनि उनिहरुले देश र जनताका लागि कुनै परिवर्तन गर्न नसकेको भन्दै चुनावको समयमा युवाहरुलाई प्रयोग गर्ने र चुनाव पछि विदेशमा जान बाध्य पार्ने नीति ल्याउने नेता र पार्टीहरुलाई युवाहरुले अब भने चिन्ने र उचित तरिकाले मूल्यांकन गर्ने सही समय आएको उनले बताएकी छन् ।

त्यस्तै, उनले स्वतन्त्रहरु देशको व्यवस्था निर्माण गर्नका लागि विकल्प भएर उदाएको र देशलाई थप विकास गरेको हेर्न चाहेको भन्दै एकपटक भएपनि नयाँ उम्मेदवारलाई विश्वास गर्न आग्रह गरिन ।

टिप्पणिहरु
Loading...