Admission Open

नेप्से तेईससय विन्दुभन्दा माथि

भण्डै एक दर्जनबेसी कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट लेभलमा कारोबार

अघिल्लो सातादेखिनै उकालो यात्रा गरिरहेको नेप्सेले यो आईतवार अर्थात साताको पहिलो कारोबार दिनमा पनि उकालो यात्रालाई नै निरन्तरता दिएको छ। यही उकालो बाटोको नेप्सेले तेईस सय विन्दुभन्दा माथि रेकर्ड पनि बनाएको छ।
आइतबार नेप्से परिसूचक १।२४ प्रतिशत अर्थात २८।४६ अंक बढेर २३१५।०० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८।१७ अंक बढेर ४४३।४२ विन्दुमा पुगेको छ। यस दिन फ्लोट इण्डेक्स १।४ अंक र सेन्सेटिभ इण्डेक्स १।३९ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। यस दिन २०८ कम्पनीको ५० हजार ६०७ पटकको कारोबारमा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...