Admission Open

गठबन्धनले कानुनविद्हरूलाई बालुवाटार बोलायो, नागरिकता विधेयक राजपत्रमा प्रकाशित गर्ने कि अदालतमा रिट हाल्ने विषयमा विमर्श गरिने

काठमाडौँ : प्रधानमन्त्री देउवाले प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो साढे ३ बजे नागरिकता विधेयक राजपत्रमा प्रकाशित गर्ने कि अदालतमा रिट हाल्ने भन्ने  विषयमा विमर्श गर्न कानुनविदहरूलाई बोलाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको निश्कर्षमा पुगेको सत्तागठबन्धनले कानुनविद्हरूसँग छलफल गर्दैछ । आज बिहान बसेको बालुवाटारको बैठकबाट गठबन्धनका चार दलले राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेर विज्ञप्ति जारी गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...