Admission Open

आज सुनको मूल्य प्रतितोला ५ सयले घट्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं, ५ असोज : नेपाली बजारमा सुनचाँदीको मूल्य बुधबार फेरी घटेको छ । मंगलबार तोलामा ४ सयले बढेको सुनको मूल्य बुधबार भने तोलामा ५ सय रुपैयाँले घटेको छ ।

तोलामा ५ सय रुपैयाँले घटेसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोलाको ९१ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य प्रतितोलाको ९० हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९१हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँले घटेसँगै बुधबार चाँदीको मूल्य प्रतितोलाको ११ सय ७० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।मंगलबार चाँदी तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...