Admission Open

ad place

आज घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार

काठमाडौं, २२ भदौ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा बुधबार सुन/ चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार ९४ हजार रुपैयाँ रहेको छापावाल सुन बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...