Admission Open

ad place

सुनचाँदीको मूल्य पनि लगातार ओरालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको ओरालो आत्रा जारी रहेको छ । बुधबार तोलामा ८ सयले घटेको सुनको मूल्य बिहीबार पुुनः ९ सय रुपैयाँले घटेको हो । बुधबार छापावाल सुन तोलामा एकैदिन ८ सय रुपैयाँले घटेको छ ।

तोलामा ९ सय रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बबुधबार छापावाल सुन तोलाको ९४ हजार रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन तोलाको ९३ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदी पनि बिहीबार तोलामा ३० रुपैयाँले घटेको छ ।तोलामा ३० रुपैयाँले घटेसँगै आज चाँदी तोलाको ११ सय रुपैयाँमा कारोबार भईरहको महासंघले जनाएको छ ।बुधबार चाँदी तोलाको ११ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...