Admission Open

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको शानदार जित

नेपालले केन्यालाई ३१ रनले हरायो

काठमाडौँ : टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले केन्यालाई ३१ रनले हराउँदै शानदार जित निकालेको छ । केन्याको राजधानी नैरोबीमा जारी अन्तर्राष्ट्रिय टी–२० खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो ।
नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले केन्याविरुद्धको उक्त खेलमा अर्धशतक पूरा गरेका थिए । उनले ४४ बलमा ५ चौका र २ छक्कासहित ५९ रन बनाए ।
५ वटा ट्वान्टी २० श्रृङ्खलामा नेपाल र केन्याले २९२ वटा खेल जितेका थिए ।
यो जितसँगै नेपालले श्रृङ्खला जितेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...