Admission Open

आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक

काठमाडौँ, ३० साउन : आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनको निर्वाचन सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक पुनः बस्ने भएको हो ।

यसअघि बैठक बिहीबार बसेको थियो । उक्त बैठकमा २०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत,स्थानीय तह निर्वाचनमा प्राप्त मतको आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी भएको थियो ।

गठबन्धनका दलहरूबीच आन्तरिक छलफलपछि आजको बैठकमा आ–आफ्ना अडान प्रस्तुत गर्ने तयारी थालिएको बताइन्छ । यस्तै, आइतबार बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिईसकेको छ  ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...