Admission Open

आज पनि घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

काठमाडौं :  नेपाली बजारमा तगातार बढेको  छापावाल सुनको मूल्य बिहीबार भने घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको  हो ।

आज तोलामा ५ सय रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य तोलाको ९६ हजार ६ सय रुपैयाँमा कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार छापावाल सुन तोलाको ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९६ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । तोलामा ५ रुपैयाँले घटेसँगै आज चाँदीको मूल्य तोलाको १ हजार २ सय २५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको थियो । हिजो चाँदी तोलाको १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...