काठमाडौं : स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी C31 लन्च गरेको छ ।
गत बुधवार ११ गते लन्च गरिएको यस स्मार्टफोनमा ५००० एमएएचको ब्याट्रि रहेको छ जुन स्ट्यान्ड-बाइमा ४५ दिनसम्म टिक्छ । त्यस्तै यसमा १.८ गिगाहर्जको अक्टाकोर UNISOC T612 k प्रोसेसर रहेको छ र उत्कृष्ट फोटोग्राफिको लागि १३ एमपिको क्यामरा रहेको छ ।
१७ हजार ७९९ रुपैयाँको आकर्षक मुल्यमा ४ जिबि र्याम र ६४ जिबि रोमसहित उपलब्ध यो फोन यो मुल्यमा सबैभन्दा पातलो मोबाइल सेट भएको दाबी गरिएको छ ।
लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले भने, “यो क्लासकै बेस्ट पर्फर्मिङ स्मार्ट फोनको रुपमा रियलमी C31 को लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो एकदमै स्लिक र सबैभन्दा कम्फर्टेबल फोन रहेको छ । यति मात्र नभएर यो सेट अत्यन्तै स्टाइलिश छ हुनुको साथै सुपथ मुल्यमा पनि उपलब्ध छ ।
हामी टप पर्फर्मेन्समा विश्वास गर्छौँ, त्यसैले हाम्रा हरेक स्मार्टफोनहरु कडा क्वालिटि चेकपछि मात्र बजारमा जान्छन् । हाम्रा सम्पूर्ण उपभोक्ताहरुको लागि अभुतपुर्व एन्ट्री–लेभल स्मार्टफोन अनुभव प्रदान गर्नको लागि हामी हाम्रो “डेयर टु लिप”अवधारणामा प्रतिबद्ध छौँ ।
यस्ता छन् बिशेषताहरु :-