Admission Open

आजको मौसम : चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं, ३ साउन : नेपालमा अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज मंगलवार दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

भारी वर्षाको सम्भावना रहेका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले होशियारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...