Admission Open

दोहोरो अंकले बढ्यो नेप्से, दुई अर्ब ४१ करोडको कारोबार : सेयर बजारको उकालो यात्रा जारी

काठमाडौं : सेयर बजारको उकालो यात्राले आज पनि निरन्तरता पाएको छ । हिजो ५९ दशमलव ५४ अंकले बढेको सेयर बजार परिसूचक (नेप्से) आज दोहोरो अंकले बढेको छ ।

आज नेप्से १४ दशमलव ७१ अंकले बढेर २ हजार १ दशमलव ५३ बिन्दुमा पुगेको छ । आज एक सय २० वटा कम्पनीका ६२ लाख १० हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ४१ करोड १८ लाख रुपैयाँको कारोबार भएका छन् ।

नेप्सेसँगै होटल र निर्जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि भएको छ । आज हाइड्रोपावर उपसूचक सर्वाधिक २.०४ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १.६१ प्रतिशतले वृद्धि भएको छ ।

आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।  नबिल प्रगति फन्डको सेयर १० प्रतिशतले, माथिल्लो तामाकोशी जलविद्युत् र प्रभु सेलेक्ट फन्डको शेयर ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सर्वाधिक ५.०१ प्रतिशतले, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३.३१ प्रतिशत र समिट लघुवित्तको सेयर मूल्य ३.०१ प्रतिशतले घटेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...