Admission Open

ad place

बरिष्ठ सौन्दर्यविद् शुष्मा महरालाई ‘राष्ट्रिय महिला उद्यमी सम्मान’

काठमाडौं : बरिष्ठ सौन्दर्यविद् शुष्मा महरा ‘राष्ट्रिय महिला उद्यमी सम्मान २०७९’ बाट सम्मानीत भएकी छन् । उनि नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंकी कोषाध्यक्ष समेत हुन् ।

TVS_Golden key

एस.एस हस्पिटालिटी सोलुसन प्रालिको तेस्रो बार्षिकोत्सबको अवसरमा उनलाई सम्मान गरिएको हो ।नेपाल पर्यटन बोर्डमा बुधबार आयोजना गरिएको बिशेष कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महरालाई सम्मानपत्रसहित सम्मान गरेकी हुन् ।

नेपालकै उत्कृष्ट सैलुन मध्य नंम्वर १ मा पर्ने फेसियल हाउसकी प्रबन्धक महराको लगानीमा रहेका बिभिन्न उद्योगमा एक सय बढीले रोजगारी पाएका छन् ।

मुख्य शाखा सुन्धारा रहेको फेसियल हाउसमा एकैपटक ८० जना भन्दा बढि सेवागा्रहीले सर्भिस लिने गर्दछन् । फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर,फेस, मेकअप , माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिदै आएको छ । फेसियल हाउसले काठमाडौंको काठमाडौं मल सिटिसि मल , चावाहिल ,पोखराको पोखरा ट्रेडमल र सुर्खेतको न्युरोड बाट सेवा दिदै आएको छ ।

टिप्पणिहरु
Loading...