Admission Open

ad place

आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १६ असार : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेको छ ।

तोलामा ३ सय रुपैयाँ घटेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार तोकिएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जानकारी दएको छ । हिजो छापावाला सुन तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार तोकिएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन तोलाको ९७ हजार ३ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

आज तोलामा ५ रुपैयाँले घटेसँगै चाँदी तोलाको १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...